काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको दसैँ धमाका योजनामा २०% सम्म छुट पाउने भएका छन्। 

नेपालीको महान चाड दसैँलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट सञ्चालनमा ल्याएको दसैँ धमाका योजनामा बैंकको कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्मको छुटको सुविधा उपयोग गर्न पाउने भएका हुन्। बैंकको कार्डवाहकले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु. २ हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु. २ हजारसम्म छुटको पाउनेछन्। 

दसैं धमाका योजनामा बैंकको कार्डवाहकले कार्डका माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्। 

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।