काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सोवा हेल्थकेयर सेन्टरमा स्वास्थ्य सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।
छुटका विषयमा बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयरबीच सम्झौता हो। सम्झौताअनुसार बैंक अफ काठमाण्डूका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा १५% सम्म छुट पाउने छन्।
यस सम्झौतापश्चात बैंकका ग्राहकले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने ओपीडीबाहेका सम्पूर्ण स्वास्थ्यसम्बन्धी सेवाहरु उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १५% सम्म छुट पाउनेछन्।
ललितपुरको जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरले सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19