काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले दराजको ११.११ योजनामा रु. ३ हजार ५०० सम्म छुट पाउने भएका छन्। 

पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. ३ हजार ५०० सम्मको विशेष छुटको योजना ल्याएको हो। जसअन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम रु ३ हजार ५०० सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नेछन्। 

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १५% वा अधिकतम रु. ३ हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १५% वा अधिकतम रु. ३ हजार ५०० सम्म छुटको पाउनेछन्। यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३ हजार ५०० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्। 

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।