काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोली क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौतापश्चात् बैंकका ग्राहकले एपोलो पोली क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २०%, डाइग्नोष्टिक सेवाहरुमा १५% देखि २०% सम्म तथा फार्मेसी सेवामा १०% छुट पाउनेछन्। ग्राहकले ती सेवाहरुमा छुट उपयोग गर्नका लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
एपोलो पोली क्लिनिकले काण्ठमाण्डौ उपत्यकाको मैतीदेवीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago