काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुआत गरेको छ। 

बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पुर्याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्समार्फत पठाभएको रकम नेपालभित्र रहेका बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमार्फत सरल र सुलभ रुपमा सम्बन्धित ग्राहकले भुक्तानी पाउन सक्नेछन्। 

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।