काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले दराजको १२.१२ योजनामा रु. २ हजार सम्म छुट पाउने भएका छन्।
पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समान खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. २ हजारसम्मको विशेष छुटको योजना ल्याएको हो। जसअन्तर्गत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १०% वा अधिकतम रु. २ हजारसम्मको छुटको सुविधा उपयोग गर्न सक्नेछन्।
बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु. १ हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु. २ हजारसम्म छुटको पाउनेछन्। यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. २ हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्।
बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago