काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकले सस्तो डिलको ‘सुपर डे’ योजनामा रु. ३ हजारसम्म छुट पाउने भएका छन्।
पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानिरहेकोले बैंकले आफ्ना कार्डबाहक ग्राहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. ३ हजारसम्मको विशेष छुटको योजना ल्याएको हो।
सस्तो डिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिखसम्म सञ्चालन गर्न लागेको छ। जसअन्तर्गत यस योजनामा बैंकको कार्डबाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम रु ३ हजारसम्मको छुटको सुविधा पाउन सकनेछन्।
यो योजनामा बैंकको कार्डबाहकले कार्डका माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३ हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्।
बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago