काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम लाभलाई मध्यनजर गर्दै बीओके रेमिट बचत खाता तथा मुद्दति खाता सार्वजनिक गरेको छ।
‘श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने मूल नाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीलाई उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता तथा मुद्दति खाता सञ्चालनमा ल्याएको हो।
विदेशमा बसी श्रम गरिरहेका नेपालीले उक्त बचत तथा मुद्दति खाता यस बैंकमा खोल्न सक्नेछन्। यस मुद्दति खाता खोल्दा ग्राहकले ११.०५% वार्षिक ब्याजदर पाउनेछन्। यसका साथै बीओके रेमिट बचत खातामा उच्चतम ब्याजदरको प्रतिफलसहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आकर्षक विशेषताहरुको उपयोग गर्न सक्नेछन्।
बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्दति खाताले विदेशमा श्रम गरी आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ।
हालसम्म बैंकले ९२ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago