काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र ल्यान्डमार्क होटेलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई स्पेसल प्याकेजमा १२.५% को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल पोखरा र चितवनमा उपलब्ध हुने स्पेसल प्याकेजमा १२.५% को विशेष छुट प्रदान गरिएको होे। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
ल्यान्डमार्क होटेलले काठमाण्डौ, पोखरा र चितवनबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago