काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई देशका विभिन्न स्थानमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ।
सम्झौतापश्चात बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटेल तथा रेस्टुरेन्टअन्तर्गत पर्पल हेज रेस्ट्रो एन्ड गार्डेन, एयरपोटचोक, विराटनगरमा १५%, मिठो रेस्टुरेन्ट एन्ड थकाली किचेन, बिर्तामोडमा १०%, नोबेल होटेल तथा स्विमिङ कम्प्लेक्स प्रालि, इमाडोलमा १०%, मिटिङ प्वइन्ट रेस्टुरेन्ट एन्ड बार, बिर्तामोडमा ५%, होटेल अर्थ लाइट प्रालि, सौरहा, चितवनमा २०%, चिकेन स्टेसन, इमाडोलमा १०% तथा सोलमारी रेस्ट्रो एन्ड मिटिङ प्रालि, इमाडोलमा १५% को छुट पाउनेछन्।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकअन्र्तगत मेडिसिटी फार्मेसी, बिर्तामोडमा १०%, रामजानकी हस्पिटल प्रालि, जनपुरमा १५% तथा नमो मनकामना डेन्टल एन्ड क्लिनिक प्रालि, इमाडोलमा २५%को छुटको व्यवस्था रहेको छ।
यसका साथै बुटिकअन्तर्गत बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% छुट पाउनेछन्। जिम तथा फिटनेस सेन्टरअन्तर्गत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ।
उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले देशका विभिन्न होटेल, रेस्टुरेन्ट, बुटिक, जिम तथा फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्नेछन्। यसको विस्तृत विवरण बैंकको वेबसाइट (www.bok.com.np) मा उपलब्ध रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19