काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७% तथा १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौतापश्चात बैंकका ग्राहकले बाराको जीतपुरस्थित ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १०%सम्मको छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंकले ९७ शाखा कार्यालय, ८८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19