काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारणलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बागमती प्रदेशअन्तर्गतका बैंकका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो।
बैंकले आर्कषक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दति खाता सार्वजनिक गरेको थियो। यसका साथै बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम ब्याजदर ८.०३%को वार्षिक ब्याजदरसहित थुप्रै आर्कषक विशेषता समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो।
बैंकको बागमती प्रदेशअन्तर्गतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोंगबु, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुं, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौँडा तथा प्रगतिपथलगायत शाखा कार्यालयले आफ्नो नजिकका स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन्।
बैंकले १०१ शाखा कार्यालय, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago