काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई कोरियन भाषा सिकाइ संस्था ‘थेयाङ हान्गुल इन्स्टिच्युट’मा भाषा कक्षा शुल्कमा २५% छुट उपलब्ध गराउने भएको हो। 

यस छुट सम्झौतापश्चात नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारीपत्रअनुरुप रोजगार अनुपति प्रणाली (ईपीएस)अन्तर्गत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुकले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गरेमा २५% छुट पाउनेछन्। 

नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारीअनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत वार्षिक ९ हजारभन्दा बढी नेपाली नागरिक कोरियन भाषा उत्तीर्ण गरी कामदारका रुपमा गणतन्त्र कोरिया गइरहेका छन्। 

थेयाङ हान्गुल इन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढी गणतन्त्र कोरिया जान इच्छुकलाई दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा सञ्चालन गर्दै आइरहेको छ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।