काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुरको बालकोटस्थित श्री सञ्जय साई विद्या मन्दिरलाई विद्यालय हाताभित्र पुस्तकालय निर्माण गर्न सहयोगस्वरुप रु ५ लाख उपलब्ध गराएको छ । 

उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष विनोद थापालाई हस्तान्तरण गर्नुभयो । 

वि.सं. २०६८ सालदेखि सञ्चालित विद्यालयले विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।