काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १२% छुट उपलब्ध गराउने सम्झौता भएको छ। 

यस सम्झौतापश्चात बैंकका ग्राहकले ललितपुरको महालक्ष्मीस्थानस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२% छुट पाउनेछन्। यो छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। 

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।