काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौतापश्चात् बैंकका ग्राहकले काठमाण्डौको अनामनगरस्थित किम्ची फास्टफुडमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८% छुट पाउनेछन्। यो छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
किम्ची फास्टफुडबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19