काठमाण्डौ । आज चैत २९ गते उपत्यकामा घोडे जत्रा मनाइँदैछ। घोडे जात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
उता राष्ट्र बैंकले भने गत बिहीबार एक सूचना जारी गर्दै राजस्व संकलन गर्नका लागि चैत महिनाको बाँकी दिनमा परेका सार्वजनिक बिदामा समेत बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्न निर्देशन दिएको छ। त्यसैले आज बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालयहरु खुला राख्ने भएका छन्।
चैत २५ गते र सोपछि मसान्तसम्म शनिबारलगायत जुनसुकै सार्वजनिक बिदा परे पनि राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझाउने व्यवस्था गर्न र गराउन केन्द्रीय बैंकले आग्रह गरेको छ।
बैंक तथा वित्तीय संस्थाहरु खुला रहे पनि सेयर कारोबार भने आज नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सार्वजनिक बिदा भएकोले धितोपत्र कारोबार नहुने जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19