काठमाण्डौ । दोश्रो बजारका लगानीकर्ताहरुमा बैंक बेचेर बिमाको सेयर खरीद गर्ने लहर देखिएको छ ।
बिमा कम्पनीहरुले चुक्तापूँजी पुर्याउनुपर्ने समयसीमा नजिकिँदै गर्दा लगानीकर्ताको आकर्षण देखिएको हो ।
बिमा कम्पनीहरुले समेत राम्रो रिटर्न दिनसक्ने देखेर लगानीकर्ताहरु वाणिज्य बैंकबाट बिमातर्फ सर्न थालेका देखिएको छ । यहीकारण कतिपयले बढेको वाणिज्य बैंकको सेयर बिक्री गरी बिमा कम्पनीमा लगानी गर्न थालेका छन् ।
केही लगानीकर्तामा वाणिज्य बैंकको सेयर धेरै बढिसकेकोले अब केही समयसम्म वृद्धिको क्रम तीव्र नहुने निश्कर्ष निकाल्दै बढ्ने पालो अब बिमा कम्पनीहरुको भएको भन्दै खरिदारी बढाउने प्रवृति देखिएको छ ।
बिमा कम्पनीतर्फको अचाक्ली आकर्षणका कारण आइतबार जीवन बिमा समूहको सूचकै पोजिटिभ सर्किट लाग्यो ।
जीवन बिमा समूहको सूचक १० प्रतिशतको हाराहारीमा बढेपछि पोजिटिभ सर्किट लागेको हो ।
यो दिन निर्जीवन बिमा समूहको सूचकमा ८.२२ प्रतिशतको प्रगति भएको छ भने माइक्रोफाइनान्स समूहमा समेत ६.१२ प्रतिशतको उछाल देखिएको छ ।
होटल समूह पनि ४.८७ प्रतिशतले दौडिएको यो दिन उत्पादनमूलकमा ४६.३७(२.२३ प्रतिशत) अंक, जलविद्युत समूह ६२.५८(५.५४ प्रतिशत) अंक, विकास बैंक समूह ६.१ अंक र अन्य समूह ५.६३ अंकले बढे ।
यो दिन बैंकिंग समूमा भने ९.०२ अंकको गिरावट आयो । बित्त समूह ०.६८ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका ४९ लाख २१ हजार ८४ कित्ता सेयर १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० रुपैयाँमा किनबेच भयो ।
नेपाल बैंकले २३ करोड १९ लाख बढीको कारोबार गरेको यो दिन छिमेक लघुवित्तले ९ करोड २६ लाख, प्राइम कमर्सियल बैंकले ७ करोड ७३ लाख, नेको इन्स्योरेन्सले ६ करोड २५ लाख, एनएमबी बैंकले ५ करोड ३२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ७१ लाख, कृषि विकास बैंकले ४ करोड ४० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकलले ४ करोड २५ लाख, एनआइसी एशिया बैंकले ४ करोड २४ लाख र प्रभू बैंकले ३ करोड ८५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन २० कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
आरएमडिसी लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त, राष्टिय बिमा कम्पनी लिमीटेडको साधारण र संस्थापक सेयरको मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यी सबै कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।
एलआइसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल हाइडो डेभलपर्स लिमीटेड, नेपाल इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, सूर्या लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समेत १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यो दिन सनराइज बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.०४४ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago