काठमाण्डौ । टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सनल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलास भयो ।

केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारवाही चलाए पनि के कति तथ्यांक बाहिरिएको छ, अझै सार्वजनिक हुन सकेको छैन ।

दुवै बैंकका ग्राहक र कर्मचारीसम्बन्धि ठूलो तथ्यांक सार्वजनिक गरेको दाबी ह्याकर समूहले गरेपछि सुरक्षा निकाय झस्कियो ।

नेपालमा यसबाहेक समयसमयमा अन्तर्राष्ट्रिय ह्याकर समूहले सरकारी निकायका वेभसाइट ह्याक गर्ने र बैंकका तथ्यांक चोर्ने घटना भइरहेको छ ।

यस्तै सामाजिक सञ्जालमार्फत हुने ठगीमा प्रहरीले बिचौलिया पक्राउ गरेपनि मुख्य व्यक्ति समात्न सकेको छैन

यस्त साइबर अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय बेग्लै इकाइ स्थापनाको अन्तिम तयारी गरिरहेको आजको नागरिक दैनिकमा खबर छ ।

साइबर अपराधसम्बन्धि घटनाको अनुसन्धान, दोषी व्यक्ति वा संस्थालाई पक्राउ तथा नियन्त्रण, आफ्नै न्यायिक हिरासत र मुद्दामा राय तथा अभियोजनसहितको अधिकार प्राप्त साइबर ब्युरो स्थापना हुने भएको छ ।

देशकै साइबर सुरक्षामा हुने सक्ने सम्भावित खतरा रोक्न र भविष्यमा हुन सक्ने साइबर आतंकवादविरुद्ध कारवाहीका लागि डिआइजीको नेतृत्वमा व्युरो गठन हुन लागेको छ । यसमा ७० प्रहरी अधिकारीको दरबन्दी रहने छ ।