काठमाण्डौ । बजारको नियामक धितोपत्र बोर्डले सेयर खरीदबिक्री विद्युतीय माध्यममार्फत गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ ।
धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा यस प्रणालीमा सुधार गर्न आवश्यक देखिएको उल्लेख गर्दै बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी खरीदबिक्री विद्युतीयमार्फत गराउने व्यवस्था गर्न भनेको हो ।
बोर्डले धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आइपीएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने तर, २०७७ श्रावण १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउने भनिएको छ ।
यस्तै, नेप्से अनलाईन कारोबार प्रणाली(नट्स)ले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको भन्दै बोर्डले लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा/खर्च हुने व्यवस्था गर्न समेत भनेको छ । साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमीशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago