काठमाण्डौ । बैंक इन्टीग्रेसनसहितको फूल फेजको अनलाइन सुरुवात भएको अंग्रेजी वर्षको पहिलो दिन समेत बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो ।
फूल फेजको अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याइएको भनिए पनि यसमा लगानीकर्ताको न्यून सहभागिता रहँदा बजारमा उत्साह नदेखिएको हो ।
लगानीकर्ताहरुले अनलाइन कारोबारका लागि नेप्सेले सार्वजनिक गरेका प्रक्रिया र कतिपय शर्तहरुमा शंका व्यक्त गर्दै पर्ख र हेरको रणनीति लिएका छन् । धेरै लगानीकर्ताले अनलाइन कारोबार प्रणाली पूर्ण विश्वस्त भएपछि मात्र त्यसको लगइन लिने भन्दै पुरानै विधिबाट कारोबार गर्ने इच्छा देखाउँदा बजारमा उत्साह छाउन नसकेको हो ।
यसैको परिणाम नेप्से परिसूचक १.३६ अंकले घटेर ११८५.९१ को विन्दूमा सीमित बन्न पुगेको छ भने कारोबार रकम समेत घटेर २२ करोड ८५ लाखमा संकुचित भएको छ ।
यो दिन निर्जीवन बिमा समूहको सूचक ९.७२ अंकले बढेको छ भने माइक्रोफाइनान्समा ३.२४ अंक तथा जीवन बिमा समूह ०.६३ अंकले बढेका छन् ।
यसैगरी, बैंकिंग समूह यो दिन २.१३ अंकले झरेको छ । होटल समूहमा ४.९१ अंक, विकास बैंक समूहमा १.४५ अंक, जलविद्युत समूहमा ३.८६ अंक, बित्त समूहमा ०.३४ अंक र अन्य समूहमा ०.०२ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका ६ लाख ८९ हजार ७ सय २० कित्ता सेयर २२ करोड ८५ लाख ४३ हजार ४ सय १५ रुपैयाँमा किनबेच भएको छ।
यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २१ लाख बढीको कारोबार गरेको छ ।
एनसीसी बैंकले १ करोड ६ लाख, कृषि विकास बैंकले ७६ लाख, नेपाल बैंकले ७२ लाख, नेको इन्स्योरेन्सले ७० लाख, एनएमबी बैंकले पनि ७० लाख, नेपाल एसबीआई बैंकले ६६ लाख, प्रभू बैंकले ६५ लाख, चिलिमे जलविद्युत आयोजनाले ६४ लाख र लुम्बिनी विकास बैंकले ५७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ३ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19