काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आगामी बैशाख २५ गतेसम्म लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय गरेको छ । साथै बैशाख २६ गतेदेखि भने धितोपत्र कारोबार हुुने भएकाले बजारसम्बद्ध सबै पक्षलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

नेपाल सरकारले कोरोनाभाइरस (कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन १० दिन थप भएसँगै काबुुबाहिरको परिस्थिति रहेको जनाउँदै लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको नेप्से सञ्चालक समितिले लकडाउन बैशाख २५ गतेपछि भने धितोपत्र बजार नियमित रुपमा सञ्चालन हुुनसक्ने नेप्सेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यससँगै बैशाख २५ गतेपश्चात भने धितोपत्र बजार नियमित रुपमा सञ्चालन हुुने र त्यसका लागि आवश्यक तयारी गर्न नेप्सेले आग्रहसमेत गरेको छ । 

अर्थात् बैशाख २६ गतेदेखि भने नियमित रुपमा बजार खोल्ने नेप्सेले संकेत गरेको हो । यससँगै धितोबजारसँग सम्बन्धित सम्बद्ध सिडिए एण्ड क्लियरिगं लिमिटेड(सिडिएससी), स्टक ब्रोकर, मर्चेन्ट बैंक, डीपी, बैंकलगायतका पक्षलाई आवश्यक पूूर्वतयारी गरी बजार सञ्चालन हुुन गइरहेको नेप्सेको दाबी छ ।

नेप्से सञ्चालक समितिमा नेपाल सरकारतर्फका प्रतिनिधिका रुपमा अर्थमन्त्रालयका उपसचिव समेत सञ्चालकका रुपमा रहने व्यवस्था छ। 

सम्भवतः बैशाख २६ गतेदेखि नै लकडाउन समाप्त गर्ने सरकारी योजना भएकाले समेत सो मितिबाट भने धितोपत्र बजार पुुनः नियमित रुपमा सञ्चालन हुुने अर्थका रुपमा लिन बुुुुुुुुुुुुुुुुझ्न सकिन्छ ।