काठमाण्डौ । निषेधाज्ञाका कारण बजारमा माग घट्दा बोइलर कुखुराको मासुको भाउ लगातार ओरालो लाग्न थालेको छ।
निषेधाज्ञाका कारण बढी खपत गर्ने होटेल तथा रेस्टुराँहरु बन्द रहेका कारण बोइलर कुखुराको मासुको माग ह्वात्तै घटेको छ। आमउपभोक्ताबाट कुखुराको मासु कम हुन थालेपछि भाउ लगातार ओरालो लागिरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ।
संघका अनुसार पछिल्लो एक सातामै बोइलर कुखुराको भाउ प्रतिकेजी ५० रुपैयाँले घटेको छ।
जिउँदो बोइलर कुखुराको मूल्य मंगलबार प्रतिकेजी २१० रुपैयाँ तोकिएको भने उपभोक्ता मूल्य ३१० रुपैयाँ कायम गरिएको छ।
यसअघि जिउँदो कुखुरामा प्रतिकेजी २३० रुपैयाँ र उपभोक्ता मूल्य ३३० रुपैयाँ तोकिएको थियो।
अहिले बजारमा मागभन्दा बढी कुखुरा आपूर्ति भइरहेको संघले जनाएको छ। निषेधाज्ञाले गर्दा मासु खपत घटेपछि कतिपय किसान तथा व्यवसायीले मूल्य घटाएर बिक्री गर्न थालेको पाइएको छ।
गत वर्ष लकडाउनमा कुखुराको मासुको उपभोक्ता मूल्य घटेर प्रतिकेजी २५० रुपैयाँसम्म आइपुगेको थियो। मागमा निरन्तर कमी आएमा यसपालिको निषेधाज्ञामा अझै पनि बोइलर कुखुराको मासुको भाउ घट्न सक्ने संघले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19