काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश भुक्तानी लिन आउन सेयरधनीलाई १ महिनाको समायावधि दिएको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन आउन सेयरधनीहरुलाई १ महिनाको समायावधि दिएको हो। उक्त लाभांश सम्बन्धित सेयरधनीहरुले वा निजको हकवालाले ५ वर्ष पुगिसक्दा पनि हालसम्म लिन र दाबी गर्न नआएकाले यो सूचना प्रकाशित गर्नुपरेको कम्पनीले जनाएको छ।
यो सूचना प्रकाशित भएको १ महिनाभित्र कम्पनीको सेयर रजिस्ट्रारको कार्यालय नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा लाभांश लिनका लागि आफूले प्राप्त गरेको सेयर प्रमाणपत्रका साथ आफ्नो परिचयपत्र लिई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।
यदि अबको १ महिनाभित्र पनि उक्त वर्षको लाभांश लिन सेयरधनी नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19