काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेका छन्। 

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले क्रमशः आफ्नो ४४ औँ र ३६ औँ वार्षिक साधारणसभा डाकेका हुन्। दुवै कम्पनीको वार्षिक साधारणसभा एकै पुस २७ गते काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्‍याडिसनमा हुनेछ। बोटलर्स नेपाल (तराई)को बिहान १० बजेबाट र बोटलर्स नेपालको दिउँसो ३ बजेबाट सभा सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित बोटलर्स नेपालले प्रतिसेयर २० रुपैयाँ र बोटलर्स नेपाल (तराई)ले प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ। 

सभाले २०७९ असार मसान्तसम्मको वासलात, आय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह वितरणसहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीको पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।