काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।

गत पुस ३० गते सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि प्रस्ताव गरिएको १३ प्रतिशत बोनस सेयर पारित भएको थियो। सोही बोनसमा लाग्ने करबापतको रकम जम्मा गर्न संस्थाले आग्रह गरेको हो। 

कालिका लघुवित्त र साविकको जनसेवी लघुवित्त आपसमा मर्ज भई कालिका लघुवित्तको नाममा २०७६ पुस २३ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो। सो मितिपश्चात सेयर खरिद गरेकाहरुले बोनस सेयरमा लागने करबापतको रकम स्वयंले नै तिर्नुपर्ने संस्थाले जनाएको छ। 

सेयरधनीहरुले लक्ष्मी बैंकमा रहेको संस्थाको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ।