काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस र हकप्रदको प्रस्तावमाथि छलफल गर्न साधारण सभा बोलाएको छ । आगामी जेठ १९ गतेका लागि बोलाईएको साधारण सभामा ४ प्रतिशत बोनस सहित ६० प्रतिशत हकप्रद जारी गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।

 
गत बैशाख २४ मा सम्पन्न इन्स्याेरेन्सकाे बोर्ड बैठकले जेठ १९ मा वीरगंजको होटल विश्वमा साधारण सभाका लागि मिति तोकेको थियो । बैठकले साधारण सभामा छलफल हुने निम्न प्रस्तावहरु पारित गरेको छ ।


–४ करोड ८३ लाख रुपैयाँ बराबरको ४ प्रतिशत बोनस शेयर जारी गर्ने 
–बोनसपछि ६० प्रतिशत हकप्रद निष्काशन गर्ने 
–हाल कायम भएको ७०:३० को शेयर संरचना परिवर्तन गरी ५१ : ४९ कायम गर्ने 
–७ सदस्ययीय बोर्ड बनाउने 
–कम्पनीको अधिकृत चुक्तापूँजी वृद्धि गरी ५ अर्ब बनाउने 


साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सको शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) जेठ २ गते देखि जेठ १९ सम्म  हुने भएको छ ।