काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयर प्रयोजनका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरेको छ।
नेप्सेले ४.७५ प्रतिशतले हुन आउने बोनस सेयरका लागि सिनर्जी पावरको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता २०७ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २१७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसा नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
सिनर्जी पावरले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीले यही पुस २२ गते डाकेको एकैपटक तीन आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को क्रमशः १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज पुस १२ गदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत पुस ९ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago