काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि सानिमा माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य आज सोमबार समायोजन भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १० प्रतिशत बोनस सेयरका लागि यो कम्पनीको सेयरमूल्य समायोजन गरेर प्रतिकित्ता ३०७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता सेयर ३३८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै सेयर कारोबारमा आउनेछ।
कम्पनीले गत आर्थिक वर्षका लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद रहेका छ।
प्रस्तावित लाभांश कम्पनीको यही पुस २३ गते हुने नवौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago