काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरबापतको कर जम्मा गर्न आग्रह गरेको छ।

कम्पनीको गत पुस १९ गतेसम्म चौथो वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १७ प्रतिशत बोनस सेयर अनुमोदन गरेको थियो। गत कात्तिक १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो।

मनकामना र स्मार्ट लघुवित्तबीचको मर्जरपछि गत वर्ष साउन ११ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो। मर्जरमा गएका कारण बोनस सेयरमा लाग्ने कर नतिर्नुपर्ने व्यवस्था थियो। तर, एकीकृत कारोबार सुरु भएको मितिपछि यो संस्थाका सेयर किनेका सेयरधनीहरुले पनि बोनस सेयरबापतको कर तिर्नुपर्ने भएको हो। 

सेयरधनीहरुले बोनस सेयरबापतको तिर्नुपर्ने करको सम्पूर्ण विवरण संस्थाको सेयर रजिस्ट्रार एनएमबि क्यापिटलको वेबसाइटमा राखिएको छ।

संस्थाले तल उल्लेखित बैंक खातामा सेयरधनीहरुलाई आफ्नो हितग्राही खाता नम्बर, नाम र फोन नम्बर वा ई–मेला आईडी राखेर बोनसबापतको कर जममा गर्न आग्रह गरेको छ। 

Bank-  NMB Bank, Bhairahawa Branch
Name- Manakamana Smart Laghubitta Bittiya Sanstha Limited
Account Number- 0780066128300012