 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको बोनस सेयरमा लाग्ने करबापत रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै गत चैत १८ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट पारित गत आर्थिक वर्षको १६ प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो।
साविक सहारा विकास बैंकलाई प्राप्ति गरी गरिमा विकास बैंकको नामबाट एकीकृत कारोबार भएको मिति २०७८ कात्तिक २८ गतेपश्चात सेयर खरिद गरेका सेयरधनीहरुले मात्रै उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्नुपर्नेछ।
सेयरधनीहरुले आफूले बोनस सेयरमा लाग्ने करको विवरण गरिमा विकास बैंक वा सेयर रजिस्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइटमा गएर हेर्न सक्नेछन्।
बोनस सेयरमा लाग्ने कर काठमाण्डौको लाजिम्पाटस्थित गरिमा विकास बैंकमा एनआईबिएल एस क्यापिटलको नाममा रहेको बैंक खाता ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न सकिनेछ। यसरी जम्मा गरिएको रकमको भाउचर एनआईबिएल एस क्यापिटलको ई–मेलमा पठाउनुपर्नेछ।
त्यसपछि मात्र उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएपश्चिात मात्र हितग्राही खातामा जम्मा हुने बैंकले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19