काठमाण्डौ । साबिक सगरमाथा इन्स्योरेन्सले ५ वर्षअघिको बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। 

आज एक सूचना प्रकाशित गरी कम्पनीले आर्थिक वर्ष २०७४–७५को मुनाफाबाट ८६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव २०७६ असार १३ गते सम्पन्न २२ औँ वार्षिक साधारणसभाबाट पारित गरेको थियो। त्यतिबेला उक्त बोनस सेयरको करबापतको रकम स्वयं सेयरधनीहरुले तिर्नुपर्ने कम्पनीले जनाएको छ। 

२०७६ असार १ गतेसम्म कायम सेयरधनीहरुमध्ये केही सेयरधनीहरुले हालसम्म पनि बोसन सेयरमा लाग्ने करबापतको रकम जम्मा नगरेको कम्पनीले जनाएको छ। त्यसैले ती सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। 

बोनस सेयरबापत लाग्ने करको विवरण कम्पनीको सेयर रजिस्ट्रार ग्लोबल आइएमइई क्यापिटल लिमिटेड र कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ। 

हाल सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन्।