काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। 

संस्थाले आज एक सूचना प्रकाशित गरी उक्त आर्थिक वर्षको बोनस सेयरका लाग करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो। करबापतको रकम जममा गरेपछि मात्रै बोनस सेयर पठाइने संस्थाले जनाएको छ। 

संस्थाका अनुसार २०७८ चैत १९ गतेदेखि २०८० वैशाख १४ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीहरुले बोनस सेयरका लागि करबापतको रकम तिर्नुपर्नेछ। गत वैशाख ३० गते सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित गरेको थियो। 

बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरुको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात मात्र खातामा पठाइने पनि संस्थाले जनाएको छ।