काठमाण्डौ । आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको नेको इन्स्योरेन्स लिमीटेडको मंगलबार सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरी ४०३.५७ रुपैयाँ कायम गरेको हो । कम्पनीको असार १७ गते बसेको ३७० औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १२% बोनस सेयर र कर प्रयोजनका लागि ७४ लाख २९ हजार १२७ रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय गरेको थियो । यसरी यो कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल १४ करोड ८५ लाख ८२ हजार ५३५ रुपैयाँ बराबर वितरण गर्नेछ ।

यो प्रस्ताव बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।