काठमाण्डौ । गत आर्थिक वर्षका लागि ५% बोनस सेयर वितरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार माछापुच्छ्रे बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३१ रुपैयाँ कायम गरेको छ । समायोजित सेयरमूल्यअनुसार माछापुच्छ्रे बैंकको दोस्रो बजारमा करोबार हुनेछ ।

लाभांशसहित विभिन्न अजेन्डा पारित गर्न बैंकले यही असोज २४ गते २१ औँ वार्षिक साधारणसभा डाकेको छ ।

साधारणसभाले मुख्य प्रस्तावका रुपमा रहेको गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनिएको ५५ लाभांश पारित गर्नेछ । त्यस्तै नगद लाभांशका रुपमा वितरण गर्ने भनिएको ११५ (लाभांश करसहित) को प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को खूद नाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५५ बोनस सेयर र ११५ नगद लाभांश (करसहित) वितरणको निर्णय गरेको हो ।