काठमाण्डौ । धितोपत्र बोर्डका निश्चित तहका कर्मचारीले अब गाडी सुविधा पाउने भएका छन् । 

धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै यस्तो व्यवस्था गर्न लागेको हो । 

बोर्डका निश्चित तहसम्मका कर्मचारीहरुलाई सवारी सुविधा योजना(ओवाईभिएस) ल्याउन अध्ययन गरी कार्यान्वयन गर्ने घोषणा गरिएको छ । तर, कार्यक्रममा कुन तहसम्मका कर्मचारीले यो सुविधा पाउँछन् भन्ने कुरा खुलाइएको छैन । 

यस्तै, बोर्डले आफ्नो जनशक्ति पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्ने घोषणा समेत गरेको छ । 

हाल भाडाको घरमा रहेको बोर्डले आगामी आर्थिक वर्षदेखि कार्यालय प्रयोजनका लागि जग्गा र भवन लिने कार्य समेत अगाडि बढाउने कार्यक्रममा घोषणा गरिएको छ ।