 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।
बोर्डले अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले अजोडलाई रु ३० करोड र साधना लघुवित्तलाई रु ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।
बोर्डबाट अजोडले रु १०० अंकित दरका ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो। अजोडको आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ। यसको प्रत्याभूतकर्ता ग्लोबल आईएमई क्यापिटल तथा कुमारी क्यापिटल रहेका छन्।
आईपीओ निष्कासनपछि अजोडको चुक्तापुँजी १ अर्ब पुग्नेछ।
यसैगरी साधना लघुवित्तले रु १०० अंकित दरका ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।
संस्थाले चुक्तापुँजीको ३२.५ प्रतिशतबराबरको आईपीओ जारी गर्न लागेको हो। आईपीओ बिक्रीपछि हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद पनि जारी गर्ने तयारीमा संस्था रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19