काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०% हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ ।
बोर्डले मुक्तिनाथ विकास बैंकलाई रु. १०० अंकित दरका ६१ लाख २९ हजार ५२०.२५ कित्ता सेयर निष्कासनको अनुमति दिएको हो । बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
हकप्रद सेयर निष्कासनको प्रबन्धकमा भिवोर क्यापिटल तोकिएको छ ।
हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ । २०% हकप्रद जारी गरेपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।
इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19