काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत केवाईसी लागू गर्ने तयारी सुरु गरेको छ।

केन्द्रीकृत केवाईसी सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ लागू गर्न बोर्डले रायसुझाव माग गरेको छ। सरल र सहज केवाईसी भर्न अनलाइन प्रविधिमा आधारित प्रणालीको विकास गरी लगानीकर्ताले घरबाटै आफैँ वा प्रतिनिधिमार्फत समेत बायोमेट्रिक्ससहितको केवाईसी भर्न सक्ने र त्यस्तो प्रणालीभित्र रहेको केवाईसी विवरण धितोपत्र बजारसँग सम्बन्धित विभिन्न निकायहरुले समेत प्रयोग गर्न मिल्ने गरी केवाईसी सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ लागू गर्ने बोर्डले जनाएको छ। 

उक्त निर्देशिका मस्यौदाका सम्बन्धमा सम्बन्धित सरोकारवाला पक्षहरुको राय सुझावसमेत लिने बोर्डको तयारी छ। आगामी भदौ १५ गतेभित्र उक्त निर्देशिका विषयमा रायसुझाव पेस गर्न लिगल एट सेबोन डट जीओभी डट एनपीमा ईमेल गर्न बोर्डले आग्रह गरेको छ।

बोर्डले निकट समयमा लागू गर्न लागेको केवाईसी सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका,२०७७ को मस्यौदा यस प्रकार छ –

https://www.sebon.gov.np/uploads/uploads/dTPb8cT5xs9SJLl4ItbkPHYSIGbRmfmMfDD73W3p.pdf