काठमाण्डौ । नेप्सेको प्राविधिक चार्टमा आज बोलिंगर ब्यान्डअन्तर्गत मध्यरेखालाई मूल्यरेखाले ब्रेक गरेर बजार बन्द भएको छ। (मुख्य तस्बिरमा हेर्नुहोस् कालो एरो)
मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर माथिको यात्रा तय गर्ने क्रममा केही समय मध्यरेखामा राता क्यान्डलहरु बनाउँदै प्रतिरोधको सामाना गरेको थियो। तर, आज बजारले यस ब्यान्डअन्तर्गत मध्यरेखालाई ब्रेक गरेर हरियो क्यान्डल बनाएर बन्द भएको छ। यसको अर्थ बजार अप ट्रेन्डमा रहेको र अब बजारले माथिल्लो ब्यान्डलाई छुन नयाँ यात्रा तय गरेको बुझिन्छ।
एमएसीडीअन्तर्गत पनि बजारले गत मार्च १५ मा बुलिस क्रसओभर बनाइसकेको छ भने हिस्टोग्राम क्रमशः सकारात्मक र लामा–लामा हुँदै गएका छन्।
आरएसआई पनि दैनिक चार्टमाअन्तर्गत अप ट्रेन्डमा देखिन्छ। यसले बजारले विस्तारै माथिको यात्रा तय गरेको संकेत गर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago