काठमाण्डौ । साताको चौथो कारोबार दिन बिहीबार पनि नेप्सेको सूचक बढेको छ। करोबार १ अर्ब रुपैयाँभन्दा तल भएको छ।
लगातार घटेको बजार योसँगै आज तेस्रो दिन सुधार भएको हो। यसले बजारमा विस्तारै बिक्रीचाप घट्दै गएको देखिन्छ।
प्राविधिक रुपमा आवरली चार्टमार्फत हेर्दा बजारको यात्रा अब माथितिरको देखिन्छ। आवरली चार्टमै मूल्यरेखाहरु बोलिंगर ब्यान्डको मध्यब्यान्डभन्दा माथि गएर करोबार भएको छ। (हेर्नुहोस् कालो एरो)
आज ब्यान्ड पनि खुम्चिएको छ। यसले बजारमा उतारचढाव कम भएको र अब बजारले बाटो परिवर्तन गर्न लागेको बुझिन्छ।
म्यक्डीमा २४ मे २०२२ मै बुलिसक्रस ओभर बनेको छ र हालसम्म पनि भ्यलिड नै रहेको छ। हिस्टोग्राम भने पोजेटिभ र लामा–लामा बन्दै गएको देखिन्छ। म्यक्डीकै दैनिक चार्टमा पनि आज बुलिस क्रसओभर बनेको देखिन्छ।
त्यसैगरी आवरली चार्टमा नै आरएसआई ओभर सोल्डजोन २५ बाट फर्केको बजार ४९ को न्युट्रल जोनमा पुगेर बुलिस डाइभर्जेन्स बनेको छ। (हेर्नुहोस् आरएसआईमा हरियो एरो)
यसले बजारले विस्तारै माथिको यात्रा तय गरेको र यस्तो विन्दु ओभरबट जोन ७० भन्दा माथि जान सक्ने बुझिन्छ। अघिल्लोपटक यो विन्दु ७१ को तहमा पुगेपछि बजारमा करेक्सन आएको थियो।
पिभट प्वइन्टअन्तर्गत आगामी दिनमा बजार बढेमा नजिकको प्रतिरोध २२७२ मा प्रतिरोध सामाना गर्न सक्छ भने घटेमा नजिकको सपोर्ट २१९४ मा देखिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago