काठमाण्डौ । साताको पहिलो कारोबारमा आज दैनिक चार्टको मध्यब्यान्डभन्दा माथि बुलिस मारुबुजुु क्यान्डल बनेको छ। (हेर्नुहोस् बोलिंगरमा कालो एरो)
पछिल्लोपटक बजारले १९०८ को विन्दुलाई न्यून विन्दु बनाएपछि बजार लगातार माथिको यात्रा तय गरेको देखिन्छ। यसबीचमा बजारले मध्यब्यान्डभन्दा माथि ८ वटा छोटा क्यान्डल बनाएको थियो। आज बजारले अघिल्लो दिनको क्यान्डललाई पूरै ढाकेर बुलिस मारुबुजु क्यान्डल बनाएको छ।
यसका साथै आज अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि खुम्चिएको छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ।
म्याक्डीमा पनि गत २७ जुनमा बुलिस क्रसओभर बनाएको थियो। जुन अहिलेसम्म भ्यालिड नै रहेको छ।
हिस्टोग्राम पनि हरियो र लामा–लामा हुँदै गएका छन्। यसले बढ्दो बजारलाई संकेत गर्छ।
त्यसैगरी आरएसआई पनि ओभर सोल्ड जोन २२ बाट बढोत्तरीका साथ ५७ मा पुगेको छ। अघिल्लोपटक यस्तो विन्दु ७३ सम्म ओभरबट जोनमा पुगेको थियो।
आगामी दिनमा अब बजार बढेमा पहिलो प्रतिरोध बोलिंगरको अप्पर ब्यान्ड २१०० मा लिनेछ भने दोस्रो प्रतिरोध २१४८ मा र त्यहाँबाट पनि बढोत्तरी भएमा बजारले २२६० को विन्दुमा तेस्रो प्रतिरोध सामाना गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19