काठमाण्डौ । अमेरिकामा ब्राजिलबाट आउने विदेशी नागरिकहरुका लागि प्रतिबन्ध लगाइएको छ।
ट्रम्प प्रशासनले पछिल्लो १४ दिनको अवधिमा ब्राजिलमा गएका विदेशी नागरिकहरुलाई अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाएको हो। ल्याटिन अमेरिकी देश ब्राजिल अहिले कोरोनाभाइरसको संक्रमणको मामिलामा विश्वमै दोस्रो हटस्पटका रुपमा अगाडि आएको छ।
ब्राजिलमा संक्रमितको संख्या ३ लाख ६० हजारभन्दा बढी रहेको छ। अहिलेसम्म त्यहाँ २२ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
ह्वाइटहाउसका प्रेस सेक्रेटरी केली म्याकेनीका अनुसार यो प्रतिबन्धको मुख्य उद्देश्य भनेको बाहिरबाट कुनै पनि नयाँ संक्रमणको मामिला अमेरिका प्रवेश गर्न नपाउनु भन्ने नै रहेको छ। यो प्रतिबन्धको उद्देश्य जो विदेशी नागरिक ब्राजिलमा छन् उनीहरु अमेरिकाका लागि संक्रमणको अतिरिक्त स्रोत नबून् भन्ने रहेको उनको भनाइ छ। प्रतिबन्ध अमेरिकी नागरिकका लागि भने लागू हुने छैन।
यो प्रतिबन्धले दुई देशबीचको कारोबार भने प्रभावित नहुने ट्रम्प प्रशासनले जनाएको छ। यो प्रतिबन्ध २८ मेबाट लागू हुनेछ।
अमेरिकामा आउने दिनमा अन्य देशमा पनि यात्रा प्रतिबन्ध लगाउन सक्ने बताइएको छ। यसअघि अमेरिकाले चीन, इरान, युरोपेली मुलुक, ब्रिटेन र आयरल्यान्डबाट गैरअमेरिकी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको थियो। क्यानडा र अमेरिकाबीच पहिलेदेखि नै गैरजरुरी यात्रामाथि प्रतिबन्ध लगाउने सहमति भइसकेको छ।
यता अमेरिकामा पनि संक्रमितको संख्या १६लाखभन्दा बढी पुगिसकेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख नजिक पुगेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19