काठमाण्डौ। ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ। 

हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौताबमोजिम ब्रिटिस काउन्सिलले लिने आईएलटीएस परीक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो। अबदेखि आईएलटीएस परीक्षा दिने परीक्षार्थीले आफ्नो इसेवा खाताबाट सीधै रकम भुक्तानी गर्न सक्नेछन्। 

यसका साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्कमार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ। उक्त विद्युतिय भुक्तानी प्रविधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ। 

इसेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सुरक्षित, भरपर्दो र छिटोछरितो सेवासुविधा प्रदान गर्दै आफूलाई विश्वनीय  विद्युतीय भुक्तानी प्ररादायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। 

उक्त भुक्तानीमा आकर्षक क्यासब्याक समेत प्रदान गर्दै आएको छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।