काठमाण्डौ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ।
फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाण्डौमा साझेदारी सम्झौता भएको हो। फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था हो। जसले फिनटेक बजारमा सहभागीहरु र सरोकारवालाहरु बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको छ। यस संस्थाले सदस्यहरुलाई आधुनिक समाधानहरु मार्फत सामूहिक रुपमा उद्योगका चुनौतीहरुलाई सम्बोधन गर्ने अवसर प्रदान गर्दै आएको छ।
साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुका लागि पनि अवसरहरुको बाटो खोलेको छ। यस सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरुमा विशेष पहुँच प्रदान गर्दछ।
फ्यानको मासिक कार्यक्रममा करिब १०० फिनटेक प्रोफेशनलहरुको सहभागिता रहँदै आएको छ। सो कार्यक्रममा विद्यार्थीहरुले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथि वक्ताहरुद्वारा सेमिनारहरुमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन्।
त्यस्तै साझेदारीले विद्यार्थीहरुका लागि फिनटेक उद्योगभित्र इन्टर्नसिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको छ।
साझेदारीबारे उत्साह व्यक्त गर्दै ब्रिटिश कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले भने, ‘यो सहकार्य हाम्रा विद्यार्थीहरुको लागि निकै फलदायी रहनेछ। विद्यार्थीहरुका लागि आफ्नो छनौट गरिएका क्षेत्रहरुमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायको विकास, साइबर सुरक्षा, र विकास जस्ता क्षेत्रहरुमा उनीहरुको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहरुबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन्।’
त्यस्तै फ्यानका अध्यक्ष सञ्जीव सुब्बाले पनि आवश्यक सीप, नेटवर्क र ज्ञानको साथ महत्वाकांक्षी फिन्टेक पेशेवरहरुलाई सशक्त बनाउन र गतिशील फिन्टेक परिदृश्यमा फस्टाउन सहयोगको सम्भावनालाई जोड दिने बताए। उनले भने, ‘यो साझेदारीले प्रतिभाहरुलाई प्रोत्साहन गर्दै नविनतालाई सघाउँछ र फिन्टेक इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19