काठमाण्डौ । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरुले पुनः विश्वस्तरिय नतिजा ल्याएका छन्।
द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनः विश्वस्तरिय नतिजा ल्याएका हुन्। बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरीय नतिजा ल्याएका हुन्। थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हासिल गरे भने ९७ प्रतिशत अंक ल्याएर शाह तेस्रो भए।
त्यस्तै रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।
यसअघि बीपीसीमा अध्यायन गरेका विद्यार्थीहरु रिया मानन्धर र रेजिका महर्जन दुईपटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए। पूर्वविद्यार्थीहरुको पाइला पछ्याउँदै यसपटक पनि कलेजका तीन विद्यार्थीले राम्रो नतिजा ल्याएका हुन्।
एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो।
कार्यकारी प्रिन्सिपल प्रोफेसर मेरी विशपले कठिन परिक्षामा विद्यार्थीहरुको नतिजा असाधरण रहेको बताइन्। एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्वनिर्देशकसमेत रहेकी उनले भनिन्, ‘यो परीक्षा निकै कठिन हुन्छ, यस्तो परीक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधरण हो। विद्यार्थीहरुलाई उनीहरुको उपलब्धि र प्रतिबद्धताको लागि बधाई दिन चाहान्छु। यसका साथै विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने शिक्षकहरुलाई पनि बधाइ दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्दछ।’
निरन्तर विश्वस्तरीय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ। प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो। त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो।
विद्यार्थीहरुको सफलताबारे बोल्दै ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरुले निरन्तर स्तरीय शिक्षा प्रदान गरिरहेको बताए। उनले भने, ‘हामी गुणस्तरीय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरुबाट पनि प्रस्ट हुन्छ। यही उपलब्धिको कारण अब हामीले सीमित संख्यामा मात्रै भर्नाहरु लिने भएका छौँ। साथै, हाम्रा विद्यार्थीहरुले अन्य यस्तै विश्वस्तरिय नतिजा ल्याउने पर्खाइमा छौँ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago