काठमाण्डौ । ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्वन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सब मनाउँदै छ ।
बेलायत-नेपाल मैत्री सन्धिको शतवार्षिकीको अवसर पारेर काउन्सिलले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावको ६५औं वर्ष मनाउन लागेको हो ।
लण्डन मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई झल्काएको छ ।
नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरेकि छन् ।
नेपालका लागि बेलायति राजदूत रब फेनले भने,‘बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुमधुर बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’
त्यसैगरि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गरेका बताए ।
प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्बसाधारणका लागि अप्रिल १ सम्म खुला रहनेछ
।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19