काठमाण्डौ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाइ सञ्चालन गर्ने भएको छ।
ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाइ सञ्चालन गर्न लागेको हो।
कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत बनाउँदै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाइ सञ्चालन गर्न लागेको हो। यो नयाँ विषयको पढाइ युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्ड (यूडब्ल्यूई)को सम्बन्धनमा सञ्चालन हुनेछ। बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ। यसका साथै टीबीसीमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाइलाई सञ्चालन गर्नेछन्।
कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएसँगै साइबर क्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले सञ्चालन गर्न लागेको यस विषयको पढाइले कुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थी उत्पादन गर्ने कलेजले लक्ष्य लिएको छ। बढ्दो मागअनुसारको पढाइ सञ्चालन गर्दा विद्यार्थीले उचित अवसरसमेत प्राप्त गर्ने कलेजको विश्वास छ।
बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय विद्यार्थीलाई कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको उपयोग, र उपकरण तथा प्रविधिलाई सुरक्षा उल्लंघनबाट रोक्नका लागि यो विषयको डिजाइन गरिएको छ।
कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डिन अरुण जोशीले सो विषयको पढाइलाई सर्वसुलभ बनाएर डिजिटल नेपालको अवधारणलाई योगदान पुर्याउने दावी गरेका छन्। जोशीका अनुसार पढाइलाई प्रभावकारी बनाउनका लागि अत्याधुनिक प्रयोगशालाको निर्माणको थालनी गरिएको छ। जसले गर्दा विद्यार्थीले प्रविधिको क्षेत्रमा नयाँ कुराहरु सिक्ने अवसर पाउनेछन्।
त्यस्तै, कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पनि टीबीसीले सञ्चालन गर्न लागेको नयाँ विषयको पढाइ वर्तमान समयको माग भएको बताए। ‘हालको समयमा बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको माग बढ्दो छ। यसै नोभेम्बर इन्टेकबाट यो विषयको पढाइ हामीले सञ्चालन गर्न लाग्दा हामी निकै उत्साहित भएका छौँ’, उनले भने, ‘यसका साथै, यो विषयको अध्ययन गर्ने विद्यार्थीले अन्तिम वर्ष बेलायतमा नै गएर अध्यायन पूरा गरेको खण्डमा पोस्ट स्टडी वर्क भिसाका लागिसमेत प्रक्रिया अगाडि बढाउन सक्नेछन्।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago