– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लामो समय कोभिडको महामारीले घरभित्रै थुनिएका लगानीकर्ता र ब्रोकर यसपालि घरबाहिर निस्केर होली मनाएका छन्। गएको २ वर्ष राम्रोसँग होली मनाउन नपाएकाहरुले कोभिडको प्रभाव कम भएसँगै यसपालि भने घरबाहिर निस्केर मनाएका छन्।
ब्रोकर एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले आज होली मनाउन गोकर्ण पुगेको बताए। ‘यसपालिको होली सभ्य, भव्य र उल्लासमय भएको छ’, उनले भने, ‘आजको हर्सोल्लास देख्दा अब कोभिड सकिएको अनुभूति भएको छ।’
साथीभाइ र परिवारसँग होली मनाएको रानाभाटले बताए। विगतका वर्ष र अहिलेको होलीको तुलाना गर्दै उनले भने, ‘गत वर्षमा काठमाण्डौमा लोला हान्ने र पानी छ्याप्ने चलन थियो। अहिले लोला हान्ने र नचिनेको मान्छेलाई रङ दलिदिने चलन हराएको छ।’
‘विगतमा होली आउनु २–३ दिन अघिबाटै लोला हान्ने गरिन्थ्यो, अहिले त्यस्तो देखिन्न’, रानाभाटले भने, ‘विस्तारै होली मनाउने शैलीमा परिवर्तन देखिएको छ।’
अहिले चाडपर्वमा कोही टाढा घुम्न निस्कने र कोही परिवार तथा साथीभाइसँग जमघट हुने चलन बढ्दै गएको रानाभाटले बताए।
एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) का सञ्चालक रुद्रप्रसाद शर्मा पनि यसपालिको होली उल्लामय रहेको बताउँछन्। ‘आज बिहानै पशुपतिनाथ मन्दिर दर्शन गरेर बाबाजीलाई भेटेँ’, उनले भने, ‘त्यसपछि घरमा आएर साथीभाइ र परिवारसँग होली मानाइयो।’
विगत र अहिलेको होली मनाउने चलनमा निकै भिन्नाता आएको शर्माले बताए। ‘जेहोस् गत वर्ष कोभिडका कारण होली खुलेर मनाउन पाइएन’, उनले भने, ‘यसपालि रमाइलो गरी मनाइयो।’
नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) का सञ्चालक ईश्वरीप्रसाद रिमाल पनि अहिलेको होली केही सभ्य भएको बताउँछन्। ‘विगतमा जस्तो लोला हानेको अहिले देखिएन’, उनले भने, ‘अहिले साधनस्रोत बढेका कारण धेरै मानिस जम्मा हुने गरेको देखिन्छ। अहिले मानिसले बढी खर्च गर्ने र रमाइलो गर्ने गरेको देखिन्छ। विस्तारै आधुनिकतातिर ढल्किँदै गएको छ होली पर्व।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19