Nepal Stock Exchange
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई थप ब्रोकर लाईसेन्स खुल्ला गर्न निर्देशन दिएसँगै नेप्सेमा बसेको संचालक समितिको बैठकले संख्या लगायतको विषय टुंग्याउन एक समिति गठन गरेको छ ।
नेप्सेका सीइओ चन्द्रसिंह साउदका अनुसार तीन दिनअघि त्यस्तो समिति गठन भएको हो ।
समितिले एक महिनाभित्र आवश्यक ब्रोकर संख्या र कार्याविधीसहितको अध्ययन प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।
सो समितिको नेतृत्व नेप्सेका वरिष्ठ अधिकारी निराजन फूयाँलले गरेका छन्।
समितिमा उनीसहित नेप्सेबाट तीन अधिकारी र त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयबाट पूँजीबजार सम्बन्धी विज्ञ एक/एक जना सदस्यको रुपमा रहने छन् ।
सो समितिको पहिलो बैठक समेत बसिसकेको साउदले जानकारी दिए ।
देशव्यापी रुपमा सेयर कारोबारमा आम नागरिकको पहुँच विस्तार गर्ने हेतूले बोर्डको निर्देशनमा ब्रोकरहरुको संख्या थप गर्न लागिएको हो ।
आवश्यक ब्रोकर संख्या थप गर्दा मिहीन ढङ्गबाट अध्ययन गरिने र बैज्ञानिक ढङ्गले ब्रोकरको थप संख्या निर्धारण गरिने समितिका अधिकारीहरुले बताएका छन् ।
यो समितिले तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा र मोफसलका आर्थिक संभावना भएका ठाउँमा प्रादेशिक ब्रोकर खोल्न दिने बिषयमा आफ्नो अध्ययनलाई केन्द्रीत गर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19